विराटनगरमा ‘मेगा ब्लड डोनेसन ड्राइभ’ हुँदै 

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १७:१२
विराटनगरमा ‘मेगा ब्लड डोनेसन ड्राइभ’ हुँदै 

विराटनगर । विराटनगरमा साता व्यापी ‘मेगा ब्लड डोनेसन ड्राइभ’ आयोजना हुने भएको छ । तेरापन्थ युवक परिषद् विराटनगरले रक्तदानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ साता व्यापी रूपमा ‘मेगा ब्लड डोनेसन ड्राइभ’ को आयोजना गर्न लागेको हो ।

परिषद्ले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनकाे आयोजना गरेर ‘मेगा ब्लड डोनेसन ड्राइभ’बारे जानकारी गराएको छ । परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेको बताए । उनले यस पटक मात्रै नभई धेरै वर्षदेखि नियमित रूपमा यो साता व्यापी रूपमा अभियान सञ्चालन गर्दै आएको प्रस्ट्याए ।

Advertisement

‘मेगा ब्लड डोनेसन ड्राइभ’ का संयोजक पवन पारखले रक्तदानलाई मानवीय सेवासँग जोड्दै धेरै युवा र सर्वसाधारणलाई अभियान सहभागी गराउने उद्देश्य रहेको जानकारी दिए । उनले विगत वर्षहरूमा कुनै एक ठाउँलाई केन्द्रित गर्दै अभियान गर्दै आएकोमा यस पटकको अभियानलाई ‘कर्पोरेट’ संस्थालाई लक्षित गरेर अभियान गर्न लागको बताए ।

‘मेगा ब्लड डोनेसन ड्राइभ’ असोज २ गतेदेखि ७ गतेसम्म विभिन्न ‘कर्पोरेट’ (व्यावसायिक संस्था) मा आयोजना हुनेछ । असोज २ गते तेरापन्थ भवन, ३ गते भाटभटेनी, ४ गते रघुपति जुट मिल, ५ रिलायन्स स्पिनिङ मिल्स, ६ गते अरिहन्त मल्टिफाइबर्स र ७ गते सेन्चुरी स्पाइसेस एक स्न्याक्स र मार्भेल पाइपिङमा हुने संयोजक पारखले बताए ।

यस पटकको अभियानमा ७ सय पिन्ट रगत संकलन लक्ष्य रहेको तेरापन्थ युवक परिषद्ले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×