पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार ०९:०२

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायबाट प्राप्त पत्रका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।

Advertisement

सूचनाअनुसार कालोसूचीमा राख्ने निर्णय सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेछ। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्तालाई सो अवधिमा सार्वजनिक खरिद प्रक्रियामा भाग नलिनसमेत जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×