सेयर बजार २२ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सेयर बजार २२.८५ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६४७ अंकमा पुगेको छ ।
कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमा १.५२, जलविद्युत् ०.८५, व्यापार ०.८५, माइक्रोफाइनान्स ०.७५, उत्पादन तथा प्रशोधन ०.५५, निर्जीवन बीमा ०.४८, विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३ र लगानी समूह ०.१० प्रतिशतले बढेका छन् ।

Advertisement

यता अन्य समूह ०.११ र फाइनान्स समूह ०.०२ प्रतिशतले घटेका छन् । आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ। ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

स्नो रिभर्सको सेयर मूल्य १३.६६ प्रति शतले बढेको छ । त्यस्तै इन्फिनिटी लघुवित्त ९.८१, मैलुङखोला जलविद्युत् ८.८४, याम्बलिङ हाइड्रोपावर ६.२० र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ५.०६ प्रतिशतले बढेको छ।

हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। धौलागिरि लघुवित्त ५.१३ र मातृभूमि लघुवित्त २.६४ प्रतिशतले घटेका छन्। कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×