८० लाखभन्दा बढीका मोबाइल पार्टस् बरामद

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार ०९:२०

नवलपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा विद्युतीय सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको टोलीले बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाइराखिएको अवस्थामा ती सामग्री बरामद गरेको हो ।

Advertisement

झाडीमा लुकाइएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमान्डमा खटिएको टोलीले खोजतलास गर्दा ८० लाख ३० हजार रुपैयाँ बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामग्रीमा मोबाइल ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायतका सामान छन् । बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×