देवानगन्जमा फेरि गोली चल्यो, एक जना घाइते

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ३, शनिबार १८:५४
देवानगन्जमा फेरि गोली चल्यो, एक जना घाइते

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा शनिबार साँझ भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

वडा नम्बर १ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको गोली प्रहारबाट सोही ठाउँका २३ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् । उनको शरीरको पछाडि कम्मरमुनिको भागमा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘गोली लागेको भनिएको छ । गोली लागेको हो कि हतियार प्रहार भएको हो भन्ने यकिन छैन । हामी बुझ्दैछौं,’ उनले भने । खड्काले त्यहाँ प्रहरी परिचालन गरिसकिएको र आफू पनि त्यहीँ पुग्न लागेको जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर, पक्राउ परेकाको पहिचानसहितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×