इलामेली कलाकारले ल्याए ‘कसैको हुन सक्दिनँ’

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १४:५०

इलाम । इलामेली कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ।

प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम तामाङको स्वर, डी।पी। खनालको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। भिडियोको निर्देशन हिकस राईले गरेका हुन्।

Advertisement

म्युजिक भिडियोमा मुकेश गुरुङ र करिश्मा सुनुवारले मुख्य भूमिका निर्वाह गरेका छन्। भिडियोको छायांकन सुन्दर तथा मनमोहक स्थानहरूमा गरिएको निर्माण पक्षले जनाएको छ।

प्रेम, भावना र सम्बन्धलाई केन्द्रमा राखिएको भिडियो दर्शकका लागि प्रस्तुत गरिएको हो। निर्माण पक्षले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गर्दै आगामी दिनमा सेता दर्शकको सुझावका आधारमा अझ गुणस्तरयुक्त सिर्जना गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×