बिजुलीमा लगाइएको भ्याट हटाउने सरकारको तयारी

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १८:५०

काठमाडौं । सरकारले विद्युत्मा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। ऊर्जा मन्त्रालयका अनुसार भ्याट हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सहमति भएको हो।

मन्त्री श्रेष्ठले हिजोको छलफलमा विद्युत्मा लगाइएको भ्याट हटाउन प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावमा अर्थमन्त्री वाग्ले सहमत हुनुभएको मन्त्रालयले जनाएको छ।

Advertisement

अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुहुनेछ। मन्त्रिपरिषद्बाट निर्णय भएपछि विद्युत्मा लगाइएको भ्याट हट्नेछ।

सरकारले चालु आर्थिक वर्षदेखि विद्युत्मा भ्याट लगाउन थालेको हो। हाल घरायसी ग्राहकका लागि ५ प्रतिशत तथा औद्योगिक र अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लाग्दै आएको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत विद्युत्मा भ्याट लगाउने व्यवस्था गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो। आलोचनापछि सरकारले भ्याट हटाउने तयारी गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×