यस्तो छ विदेशी मुद्राको विनिमयदर

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ०६:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि तोकिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तथा युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ १३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५५ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४२ रुपैयाँ १४ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १५ पैसा र बिक्रीदर ११ रुपैयाँ १९ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ९८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×