अमेरिकाको थप ३१ मिलियन सहयोग

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ०७:३७

काठमाडौं । बाढीबाट प्रभावित नेपालका विभिन्न स्थानमा पुनर्स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले सहयोगको घोषणा गरेकी हुन् । भेटका क्रममा उनले बाढीबाट प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै अझै सम्पर्कविहीन करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि दुःख व्यक्त गरिन् ।

Advertisement

अमेरिकी सहयोगअन्तर्गत यातायात पूर्वाधार पुनःस्थापना र क्षेत्रीय सम्पर्क विस्तारका लागि १० मिलियन डलर बराबरका स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न मिल्ने पुल उपलब्ध गराइनेछ । ती पुल अमेरिकी कम्पनीबाट खरिद गरिने जनाइएको छ ।

त्यस्तै, प्रभावित समुदायलाई खानेपानी, सरसफाइ, आश्रय, संरक्षण, जीविकोपार्जन तथा हिउँदका आवश्यकताका लागि थप ८ मिलियन डलर खर्च गरिनेछ । बाढीपछिको विपद् व्यवस्थापन र प्रतिकार्य क्षमता बढाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

नयाँ घोषणासँगै नेपालको बाढी प्रतिकार्य तथा पुनःस्थापनामा अमेरिकाले गर्ने कुल सहयोग ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकाले नेपाल सरकारसँग समन्वय गरी आवश्यकता पहिचानका आधारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन
भारी वर्षको सम्भावनाः सरकार पूर्वतयारीमा
अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय, फ्लाई दुबईले थाल्दैछ नियमित सेवा
यस्ता छन् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची
अमेरिकाको थप ३१ मिलियन सहयोग
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
इलाममा दाउरा बोकेको ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको कूटनीतिक दौडधुप, माल्दिभ्स र स्लोभाकसँग सहकार्य विस्तारमा जोड
नेपालले न्युयोर्कमा उठाउनेछ जलवायु न्यायदेखि विश्व शान्तिसम्मका सवाल
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका अधिवेशन हुँदैन
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×