ब्राउनसुगरसहित दुई जना पक्राउ

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ११:०७

काठमाडौ । पर्सा प्रहरीले लागुऔषध ब्राउनसुगर कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका-२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका-६ माधोपुरका ३७ वर्षीय सन्तोषप्रसाद पटेल रहेका छन्।

मंगलबार बेलुका प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१५ चालिस फिटे सडकबाट पक्राउ गरेको हो। बीआर०५बीएल १६८९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रहरीले १५४ ग्राम ब्राउनसुगर बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।

Advertisement

शंकास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। उक्त क्रममा पाइन्टको खल्तीमा लुकाएर राखेको ब्राउनसुगर बरामद भएको भट्टराईले बताए।

पक्राउ परेकामध्ये पटेलको घरबाट प्रहरीले ११ ग्रा ५९ मिलिग्राम अफिम बरामद गरेको छ। दुबैलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेर लागुऔषध मुद्दामा अनुसन्धान थालेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×