सुनचाँदीको मूल्य बढ्यो

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार ११:३४
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×