कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार २१:१५
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन कडा निर्देशन दिएको छ ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले सडक तथा पूर्वाधारमा पुग्न सक्ने सम्भावित क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि संयन्त्रहरू तम्तयार राखिएको हो ।

Advertisement

वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले जानकारी दिए ।

मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारहरूको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशित गरेका छन्। साथै, विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री आचार्यले कोशी प्रदेशवासी आम जनसमुदायलाई समेत उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी प्रदेशमा मौसम अत्यधिक सक्रिय रहने छ। बुधबार दिउँसो र राति कोशीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै पहाडी र तराईका एक–दुई स्थानमा  ‘धेरै भारी’ वर्षाको सम्भावना छ । बिहीबार पनि कोशीका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र पहाडी भूभागका एक–दुई स्थानमा  ‘धेरै भारी’ वर्षा हुने अनुमान गरिएको छ । भारी वर्षाका कारण पहिरो, बाढी तथा गेग्रान बहावको उच्च जोखिम रहने भएकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×