
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
१० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ६१ रुपैयाँ तोकिएको छ।



















