
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ९० रुपैयाँ ५० पैसा तोकिएको छ।



















