
इलाम । सूर्योदय नगरपालिकास्थित कन्यामका चर्चित मोडल तथा कलाकार मुकेश गुरुङ यामल ग्लोबल म्युजिक अवार्ड २०८३ मा उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।
गुरुङले लामो समयअघि कन्यामका सडक तथा रमणीय स्थानमा टिकटक र छोटा भिडियोमार्फत आफ्नो कलायात्रा सुरु गरेका थिए । सामाजिक सञ्जालबाट सुरु भएको उनको यात्रा पछिल्लो समय विभिन्न म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुगेको छ ।
निरन्तरको मेहनत र सक्रियताका कारण गुरुङले कलाकारिताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै लगेका छन् । यामल ग्लोबल म्युजिक अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल भएपछि कलाकारिता यात्रामा थप उत्साह र नयाँ अवसरको बाटो खुलेको प्रतिक्रिया उनले दिएका छन् ।



















