विराटनगरमा ग्यास लिक भएर आगलागी, एउटै परिवारका दुई जना घाइते

Share this
625shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार २०:२६

विराटनगर । विराटनगर महानगरपालिका–४ पिपलचोकमा ग्यास लिक भएर आइतबार आगलागी हुँदा एउटै परिवारका दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ६४ वर्षीय शंकर कटेलले आफ्ना स्वर्गीय बुवाको सोह्रश्राद्धका लागि पिण्ड पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीमा परेर शंकर र उनकी बुहारी ३५ वर्षीया रक्षा कटेल घाइते भएका छन् ।

Advertisement

शंकरको अनुहार, छाती र पेटमा आगोले पोलेको मोरङका प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । रक्षाको घाँटी तथा दुवै तिघ्रामा आगोले पोलेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको कोशी अस्पताल विराटनगरमा सामान्य उपचार गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई मोरङको बूढीगंगास्थित विराट शिक्षण
अस्पताल रेफर गरिएको छ ।

डीएसपी मिश्रले घाइते दुवै जनाको अवस्था सामान्य रहेको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×