मेची भन्सारले संकलन गर्‍यो दुई अर्ब ८३ करोड राजस्व

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १५:४३
मेची भन्सारले संकलन गर्यो दुई अर्ब ८३ करोड राजस्व

झापा। मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल तीन अर्ब सात करोड ५० लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व संकलन भएको जनाइएको छ ।

कार्यालयका अनुसार साउनमा एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा एक अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौमा एक अर्ब ६४ करोड लक्ष्य रहेकामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार संकलन भएको छ ।

Advertisement

भदौमा साउनको तुलनामा राजस्व संकलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व संकलन भएकामा भदौमा ९४.७३ प्रतिशत पुगेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आवको सोही आवधिमा राजस्व संकलन ९.४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व संकलन भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×