विराटनगर बसपार्कबाट १७ जना महिला प्रहरीको नियन्त्रणमा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १७:१०

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले सोमबार दिउँसो विभिन्न उमेर समूहका १७ महिलालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, उच्छृंखल गतिविधि गर्ने तथा सर्वसाधारणलाई हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बसपार्क क्षेत्रमा लागुऔषध सेवन गरी सार्वजनिक रूपमा होहल्ला गर्ने र सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेको गुनासो पटकपटक आएपछि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा महिलाहरूको पहिचान गरी नियन्त्रणमा लिइएको उनले बताए ।

Advertisement

प्रहरीले सोमबार दिउँसो करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै महिलालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ ।

बसपार्क क्षेत्रका साथै आसपासका विभिन्न होटलमा समेत प्रहरीले अनुगमन तथा निगरानी गरेको थियो । सोही क्रममा नियन्त्रणमा लिइएका महिलामाथि आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्रसिंह गुरुको नेतृत्वमा खटिएको टोलीले महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×