
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा तथा युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा एवं स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ २९ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २४ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा एवं बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४०८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

























