दसैँको मुखमा दुबईमा गुञ्जिँदैछ नेपथ्य

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार ०८:१९

काठमाडौं । दक्षिण कोरियाको सफल सांगीतिक प्रस्तुति सम्पन्न गरेको नेपथ्यले अब संयुक्त अरब इमिरेट्स (यूएई) को प्रमुख सहर दुबईमा कन्सर्ट गर्ने भएको छ। नेपथ्यले आगामी अक्टोबर ४ (असोज १८) आइतबार दुबईको इन्टरनेट सिटीस्थित ‘द अजेन्डा’ हलमा प्रस्तुति दिने भएको हो।

यो नेपथ्यको चौथो दुबई यात्रा हुनेछ। यसअघि नेपथ्यले दुबईमा तीनवटा कन्सर्ट गरेको थियो। ती सबै प्रस्तुति आइस हकी खेलिने ‘अल नासेर लेजर ल्यान्ड’ मा भएका थिए। यसपटक भने व्यवस्थित कन्सर्टका लागि थप सुविधासहितको नयाँ स्थल छनोट गरिएको आयोजकले जनाएको छ।

Advertisement

व्यापारिक केन्द्रका रूपमा परिचित दुबईमा रोजगारी तथा अवसरको खोजीमा पुगेका नेपालीको ठूलो समुदाय छ। पछिल्लो अध्ययनअनुसार यूएईमा सात लाखभन्दा बढी नेपाली बसोबास गर्छन्। परिवारबाट टाढा रहेर बसिरहेका नेपालीका लागि दसैँको मुखमा हुन लागेको नेपथ्यको कन्सर्ट घर र नेपालीपनको सम्झना गराउने अवसर बन्ने आयोजकको अपेक्षा छ।

रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्दै आएका नेपाली युवासामु प्रस्तुति दिन यसपटक व्यावसायिक कार्यक्रमस्थल छनोट गरिएको ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयले जनाएको छ।

‘दुबईमा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकको स्वाद बढोत्तरीका लागि हामीले यो पटक थप स्तरीय कार्यक्रम स्थल र प्रस्तुतिका विभिन्न पाटोमा उत्तिकै ध्यान पुर्‍याएका छौँ,’ नेपालयका किरणकृष्ण श्रेष्ठले भने, ‘दर्शकले सङ्गीतका साथसाथै चाडबाडको मुखमा नेपाली समुदायकै जमघटको पनि स्तरीय अनुभव गर्नेछन्।’

नेपथ्यको दुबईसँगको सम्बन्ध पनि पुरानो छ। पहिलोपटक सन् २०१५ मा ब्यान्ड दुबई पुगेको थियो। नेपालको शक्तिशाली भूकम्पअघि नै तय भएको उक्त कार्यक्रम भूकम्पपछि भएको थियो। कन्सर्टबाट प्राप्त रकम नेपथ्यले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो।

कोभिड–१९ महामारीपछि नेपथ्यले गरेको पहिलो विदेश भ्रमण पनि सन् २०२२ मा दुबईकै थियो। संकटका समयमा समेत दुबईमा प्रस्तुति दिँदा स्थानीय नेपाली दर्शकबाट उल्लेख्य सहभागिता र न्यानो साथ पाउँदै आएको ब्यान्डले जनाएको छ।

यूएईमा रहेका नेपालीले नेपाललाई रेमिट्यान्ससँगै विपद्का बेला सहयोग पनि गर्दै आएका छन्। पछिल्लो समय भोटेकोशी बाढीबाट प्रभावितका लागि त्यहाँ रहेका नेपालीले उल्लेख्य सहयोग जुटाएका थिए।

लोकलयमा आधारित गीत प्रस्तुत गर्दै आएको नेपथ्यले दुबईमा रहेका नेपालीबाट सधैँ न्यानो साथ पाउँदै आएको ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले बताए। ‘दुबईका दाजुभाइ, दिदीबहिनीका सामुन्ने प्रस्तुति दिन हामीले आवश्यक तयारी गरिसकेका छौँ,’ उनले भने, ‘श्रोता–दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरू यो पटक प्राथमिकतामा परेका छन्।’

आयोजक अनिल लामिछानेले पनि यसपटकको कार्यक्रमलाई अघिल्ला कन्सर्टभन्दा थप व्यवस्थित बनाइएको बताए। ‘दुबई फेरि नेपथ्यलाई स्वागत गर्न तयार छ,’ उनले भने, ‘यसै सहरमा आयोजना भएका अघिल्ला नेपथ्य कन्सर्टभन्दा स्तरीयताको अनुभूति दिलाउन अन्तर्राष्ट्रिय स्तरको हल छनोट गरिएको छ। साउन्ड सिस्टममा पनि थप व्यवस्थित प्रबन्ध मिलाएका छौँ।’

यसअघि दुबईमा आयोजित नेपथ्यका कन्सर्टमा आबुधाबी, शारजहाँ र रस अल खइमालगायत अन्य इमिरेट्सबाट पनि नेपाली दर्शक उल्लेख्य सङ्ख्यामा सहभागी भएका थिए। यसपटक त्यो सङ्ख्या अझ बढ्ने आयोजकको अपेक्षा छ।

दुबई भ्रमणमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×