सीप तथा रोजगार मेला इटहरीमा सुरु 

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार ११:३८
सीप तथा रोजगार मेला इटहरीमा सुरु 

विराटनगर । युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको सीप तथा रोजगार मेला सुनसरीको इटहरीमा सुरु भएको छ । इटहरीमा मंगलबार (आज) देखि  ‘सीप तथा रोजगार मेला २०८३’ सुरु भएको हो ।

इटहरीको तारे होटल सोल्टीमा  ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।

कोशी प्रदेशलाई लक्षित गरी आयोजना गरिएको यस ७ दिने मेलामा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई एउटै मञ्चमा जोड्ने तथा सीपमूलक तालिमसम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्य राखिएको छ ।

मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ६५ स्टलहरू रहेका छन् । कामको खोजीमा रहेका युवाहरूले मेला स्थलमै पुगेर आवश्यक परामर्श लिन सक्नेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×