लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १४, बुधबार १७:५२
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा

विराटनगर ।  ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ विराटनगर रेन्बोले आफ्नो तेस्रो स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ ।

स्थापना दिवसको अवसरमा सुनसरीको बर्जु गाउँपालिका–२ स्थित राम–सीता माध्यमिक विद्यालयको अपांगता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । यस्तै, सोही गाउँपालिकाका अपांगता भएका व्यक्तिका लागि वित्तीय साक्षरता तालिमसमेत सञ्चालन गरिएको छ ।

Advertisement

विद्यालय परिसरमा आयोजित कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष आकृति रानी फुयलले गरेकी थिइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरज मेहता, शिक्षक–शिक्षिका, बर्जु गाउँपालिकाका विभिन्न स्थानबाट आएका अपांगता भएका व्यक्ति तथा क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो । क्लबकी सचिव अञ्जली चौधरीले स्थापना दिवसलाई केवल उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोडेर समुदायको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

अध्यक्ष फुयलले स्थापना दिवसका नाममा तडकभडकपूर्ण कार्यक्रम गरेर अनावश्यक खर्च गर्नुभन्दा लायन्सको सेवा र मानवीय सहयोगको उद्देश्यअनुसार समुदायको आवश्यकता पहिचान गरी सहयोग गर्नुपर्ने बताइन् । राम–सीता माध्यमिक विद्यालयको अपांगता स्रोत कक्षाको अवस्था र आवश्यकतालाई ध्यानमा राखेर विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको उनले जानकारी दिइन् ।

अपांगता भएका व्यक्तिलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने उद्देश्यले वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको पनि उनले बताइन् । स्थापना दिवसलाई केक काट्ने र उत्सव मनाउने दिनमा सीमित नगरी समुदायमा सकारात्मक प्रभाव पार्ने सेवा तथा सहयोगको अवसरका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमबाट अपांगता भएका व्यक्तिमा वित्तीय ज्ञान तथा आर्थिक सचेतना बढ्नुका साथै स्रोत कक्षामा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा खेलकुद गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्लबले आगामी दिनमा पनि  ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै सामाजिक सेवा, अपांगता समावेशिता र समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×