विराटनगरमा सामूहिक जमरा: १८ औँ संस्करणमा ४ सयभन्दा बढी परिवार सहभागी हुने

Share this
693shares
मुलुकी खबर
पवन भण्डारी
clock२०८३ आश्विन १५, बिहीबार ०६:४२
विराटनगरमा सामूहिक जमरा: १८ औँ संस्करणमा ४ सयभन्दा बढी परिवार सहभागी हुने

विराटनगर । घरमा पुरोहित तथा परिवारका सदस्यको अभावमा जमरा राख्न नसक्नेहरूलाई लक्षित गर्दै विराटनगर–३ को ठुलो मिलस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा यस वर्षको घटस्थापनाका दिन सामूहिक जमरा राखिने भएको छ ।

पोखरिया युवा क्लब, राधाकृष्ण भजन मण्डली र राधाकृष्ण शिव पाञ्चायन मन्दिरको संयुक्त आयोजनामा आयोजना हुन लागेको १८ औँ संस्करणको यस कार्यक्रमबारे आयोजकले मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

कार्यक्रमका कर्ता तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीका अनुसार यस वर्ष करिब ४ सयभन्दा बढी परिवार सहभागी हुने अपेक्षा गरिएको छ । प्रतिपरिवार ५ सय रुपैयाँमा सामूहिक जमरा राख्ने व्यवस्था मिलाइएको पोखरिया युवा क्लबका अध्यक्ष पेशल ढुंगेलले जानकारी दिए । उनका अनुसार अशक्त तथा इच्छुक व्यक्तिहरूलाई आवश्यकताअनुसार जमरा लैजाने व्यवस्थासमेत गरिएको छ ।

नवरथाभरि चण्डी पाठ, दैनिक भजन–कीर्तन र धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । यस वर्ष जमरा राख्नुका साथै लक्षबत्ती बालेर हालैका बाढी पहिरो तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना र आगामी दिनमा यस्ता विपद् नहोस् भन्ने प्रार्थनासमेत गरिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×