सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १९:५६
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

महोत्तरी । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

महानिरीक्षक पौडेलले सीमा सुरक्षा र समसामयिक विषयमा सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग छलफल गर्दै भइरहेका कामकारबाहीबारे जानकारी लिएका थिए । सो क्रममा उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्न निर्देशन दिए ।

उनले उच्च सतर्कता, आपसी समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्दै सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि समयमै आवश्यक योजना बनाउन कमान्डरहरूलाई निर्देशन दिए ।

महानिरीक्षक पौडेलले सीमा अपराधसँगै राजस्व चुहावट नियन्त्रणमा समेत प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय बासिन्दा तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नसमेत निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×