हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ०६:३७
हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रबार (आज) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका तराई क्षेत्रमा आंशिक बदली रहने मौसम महाशाखाले जनाएको छ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा आंशिक बदली रहनुका साथै बिहानीपख हुस्सु लाग्ने सम्भावना छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×