इटहरीबाट अञ्जन पक्राउ

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार १०:१५
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरीको इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार राति एक जना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अञ्जनकुमार चौधरी पक्राउ परेका हुन् । लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले राति ८ बजेतिर चौधरीको घरमा खानतलासी गर्दा कोठाबाट तीन ग्राम दुई सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×