
विराटनगर । अदालतबाट फरक-फरक मुद्दामा दोषी ठहर भई फरार रहेका कोशीका विभिन्न जिल्लाबाट आठ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अपराध नियन्त्रण तथा कानुन कार्यान्वयनका लागि परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा असोज १५ गते झापाबाट चार, मोरङबाट एक र सुनसरीबाट तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट ५ वर्ष ११ महिना ५ दिन कैद सजाय र १२ हजार रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

























