बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड

Share this
784shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १८:२५
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड

काठमाडौं । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको ‘द लामिछाने फाउन्डेसन’ले भोटेकोशी बाढीपीडितका लागि एक करोड सात लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनले लन्डनस्थित नेपाली दूतावासमार्फत ५१ हजार ७ सय २७ पाउन्ड बाढीपीडितका लागि प्रदान गरेको हो । दूतावासमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लन्डनस्थित फेसन उद्यमी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

फाउन्डेसनले प्रदान गरेको रकम दूतावासले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने कार्यवाहक राजदूत दुवाडीले जानकारी दिए ।

कार्यक्रममा सांसद राणाले फाउन्डेसन तथा व्यवसायी लामिछानेलाई धन्यवाद दिइन् । उनले बेलायत भ्रमणका क्रममा बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न ब्रिटिस राजनीतिज्ञहरूसँग भेटेर सहयोगका लागि आग्रह गरेको जानकारी दिइन् ।

त्यस्तै, करिब पाँच दशकदेखि बेलायतमा सक्रिय राजनीतिमा रहेका पूर्वसांसद वीरेन्द्र शर्माले व्यवसायी लामिछानेले बेलायत र नेपालको सम्बन्ध अभिवृद्धिमा उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरे ।

फाउन्डेसनका अध्यक्ष लामिछानेले आफ्नो देशमा विपद् आइपर्दा सहयोग गर्नु आफ्नो दायित्व भएको बताए। उनले फाउन्डेसनलाई सहयोग गर्ने सम्पूर्ण दातालाई धन्यवाद दिए ।

कार्यक्रममा ब्रिटिस सेनामा लेफ्टिनेन्ट कर्णेलबाट अवकाशप्राप्त पूर्वगोर्खा टोल खाम्चा मगर तथा नेपाली समुदायका अग्रज व्यवसायी महन्त श्रेष्ठ ‘ओबीई’लगायतले लामिछाने फाउन्डेसनको कामको प्रशंसा गरे । फाउन्डेसनका बोर्ड अफ ट्रस्टीद्वय लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्था स्थापनाको उद्देश्य र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×