बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार ०७:३६

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा असोज १० गते आएको बाढीका कारण मुख्य राजमार्गका सम्पूर्ण सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् । मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकखण्ड एकतर्फी सञ्चालनमा छ ।

म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा असोज १० गते साँझ ७ः३० बजे पहिरो जाँदा सडक एकतर्फी भएको छ ।

त्यस्तै, बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा असोज १४ गते दिउँसो ४ः४५ बजे गएको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×