कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १२:३५

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि तीन महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय कार्यसमितिमा रहेका प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । उनी नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्रीसमेत हुन् ।

त्यस्तै, न्यौपाने कांग्रेसकी प्रतिनिधिसभाकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन् । उनी पटक–पटक कांग्रेसको केन्द्रीय सदस्यसमेत भइसकेकी छन् ।

उम्मेदवारी घोषणा गर्दै न्यौपानेले कांग्रेसलाई लोकप्रिय र बलियो पार्टीका रूपमा स्थापित गर्न आफूले भूमिका निर्वाह गर्ने बताइन् । ‘नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ,’  उनले भनिन्। उनले आफूलाई मतदान गरी अवसर प्रदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अपिलसमेत गरेकी छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङले पनि सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । गुरुङ प्रतिनिधिसभामा समानुपातिक तथा प्रत्यक्ष दुवै प्रणालीबाट सांसद बनेकी थिइन् । २०७९ सालमा पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सहरी विकासमन्त्री बनेकी थिइन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा ८ जना सहमहामन्त्री रहने व्यवस्था छ । त्यसमध्ये एक पद महिलाका लागि आरक्षित गरिएको छ । आगामी महाधिवेशनमा महिला सहमहामन्त्रीका लागि तीन नेतृबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×