
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४ सय ३० रुपैयाँ पुगेको छ । १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९८ रुपैयाँ तोकिएको छ ।

























