चार जिल्लाका सडक अझै अवरुद्ध, ठूला सवारी सञ्चालनमा समस्या

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार ११:०४

काठमाडौं । विभिन्न जिल्लामा बाढीपहिरोका कारण अवरुद्ध सडक मंगलबार पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।

रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छन् । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण असोज १० गतेदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । मनाङको खाङसार–बेँसीसहर सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ । असोज ९ गते राति आएको बाढीले बेँसीसहर हुँदै खाङसार जाने सडकमा क्षति पुर्‍याएपछि उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

यस्तै, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । प्रहरीका अनुसार कालीगण्डकी करिडोरको जन्ती सडक असोज १४ गतेदेखि एकतर्फी सञ्चालनमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×