एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १८:०९

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको नीति, निर्णय र नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाउने वा विरोध गर्ने नेता कार्यकर्तामाथि अनुशासनको कारबाही गर्ने नीति अघि सारेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरी असोज १८ गते जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मार्फत यस्तो स्पष्ट सन्देश पार्टी पंक्तिमा पठाइएको हो । असोज ८ गते सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय समेटिएको अपानिमा सार्वजनिक आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अराजक र अनुशासनहीन गतिविधिमा संलग्न हुनेलाई स्पष्टीकरण सोधेर कारबाही गर्न पार्टी कमिटीलाई निर्देशन दिइएको छ ।

एमालेले पछिल्लो समय पार्टीभित्र देखिएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध संगठन निर्माणका लागि यस्तो व्यवस्था आवश्यक भएको जनाएको छ । ओलीले यसअघि भएका अभिव्यक्ति र गतिविधिलाई भने माफी दिने संकेत गर्दै तेस्रो केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ बैठक’ का रूपमा लिन निर्देशन दिएका छन् ।

पार्टी पुनर्गठनको बहस चलिरहेका बेला ओलीकै नेतृत्वका कारण एमाले कमजोर बनेको र निर्वाचनमा समेत पराजय बेहोर्नुपरेको भन्दै केही नेता कार्यकर्ताले सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको पुनर्गठन कार्यदलले सातै प्रदेशमा गरेको छलफलपछि तयार पारेको प्रतिवेदनमा समेत ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने सुझाव समेटिएको थियो ।

यसैबीच, एमालेले नेतृत्व पुस्तान्तरणलाई पनि प्रणालीगत प्रक्रियाका रूपमा अघि बढाउने दाबी गरेको छ । युवा नेतृत्वलाई केवल कोटामा सीमित नगरी जिम्मेवारी, प्रशिक्षण, नीति निर्माण, संगठन सञ्चालन र निर्वाचनमा परीक्षणमार्फत विकास गर्नुपर्ने उसको भनाइ छ । महिला नेतृत्वलाई पनि औपचारिक प्रतिनिधित्वमा सीमित नराखी कठिन जिम्मेवारी दिनुपर्नेमा जोड दिइएको छ ।

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको वरीयतासहित वरिष्ठ नेता बनाउने निर्णय गर्दै सक्रिय राजनीतिमा फर्कने बाटो खोलेको छ । ओलीले नेतृत्व हस्तान्तरण अपरिहार्य भए पनि हतार, दबाब वा अपमानबाट नभई विधिसम्मत प्रक्रियाबाट हुनुपर्ने बताएका छन् । ‘नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति होइन’ भन्दै उनले आजको नेतृत्वले नै भोलिको नेतृत्व तयार गर्नुपर्ने धारणा राखेका छन् । रूपान्तरण भए पनि पार्टीको विचार, इतिहास र संगठनात्मक अनुशासन कमजोर हुन नहुने एमालेको निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित
कांग्रेस महाधिवेशनको बन्द सत्रमा छलफल सकियो, बुधबार प्रस्ताव र प्रतिवेदन पारित गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×