दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १८:३९

काठमाडौं । यस वर्षको बडादसैंको टीका कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा लगाउन उत्तम साइत रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीका दिन टीका लगाउने उत्तम समय बिहान १०ः२६ बजे निर्धारण गरेको हो । समितिका अनुसार विजया दशमीकै दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत रहेको छ । टीका लगाउँदा टीका लगाउने र लगाइमाग्ने दुवै पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ ।

यस वर्ष असोज २५ गते आइतबारबाट नवरात्र सुरु हुनेछ । सोही दिन घटस्थापना गरिनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे तोकिएको छ । चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा फेर्दा पश्चिम मोहडा फर्काउनुपर्नेछ ।

असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती परेको छ । फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ । कार्तिक २ गते अष्टमी परेको छ । त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी परेको छ ।

कार्तिक ४ गते विजया दशमीका अवसरमा देवी विसर्जन, टीका तथा जमरा ग्रहण गरिनेछ । सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे र स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे रहेको छ । खड्गयात्रा पनि सोही दिन हुनेछ ।

दसैंका अन्य महत्वपूर्ण विधिअन्तर्गत कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ । कोजाग्रत पूर्णिमासँगै दसैं सकिने छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×