चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १७:३८

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनीसँग निकट सम्बन्ध रहेका व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार खानतलासी गरेको छ ।

विभागको टोलीले जबराको घरसँगै उनका केही नातेदार तथा निकट व्यक्तिको निवासमा पनि एकैपटक छापा हानेको हो । विभाग स्रोतका अनुसार खोजतलासीका क्रममा विभिन्न कागजातसमेत नियन्त्रणमा लिइएको छ ।

जबरासहित उनीसँग सम्बन्धित व्यक्तिको सम्पत्ति र आर्थिक कारोबारबारे अनुसन्धानका क्रममा विभागले यो कदम चालेको बताइएको छ । यद्यपि, छानबिनको विस्तृत विषय र नियन्त्रणमा लिइएका कागजातबारे विभागले औपचारिक रूपमा विस्तृत जानकारी दिएको छैन ।

यसअघि केही समयअघि जबरालाई प्रहरीले उनको निवासबाट नियन्त्रणमा लिएको थियो । उनलाई १२ घण्टाभित्रै घरमै पुर्‍याइएको थियो। प्रहरीले भने जबरालाई नियन्त्रणमा नभई सुरक्षा प्रयोजनका लागि निगरानीमा राखिएको दाबी गरेको थियो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले समेत जबरालाई अज्ञात समूहबाट धम्की आएको सूचना पाएपछि प्रहरीले सुरक्षा दिएको बताएका थिए । सम्पत्ति शुद्धीकरण विभागको पछिल्लो छापासँगै जबराको सम्पत्ति तथा आर्थिक कारोबारसम्बन्धी विषय पुनः अनुसन्धानको दायरामा आएको छ ।

तपाइको प्रतिक्रिया
मन्त्रिपरिषद्को निर्णय: तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, अरु के के छन् ?
विदेशमा दसैँको टीका लगाउने समय देशअनुसार फरक
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×