स्थानीय निर्वाचनको तयारीमा आयोग

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १६:१८

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन् । सरकारले मिति तोकेअनुसार काम गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौं, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौं ।’

लामो समयसम्म स्थानीय निकाय खाली राख्नु हुन्न भन्ने पक्षमा आफूहरु रहेकाले त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको उनले जानकारी दिए । आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहने गरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने कार्कीले बताए ।

‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो । त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ । त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×