
विराटनगर । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार खोजतलासका क्रममा शुक्रबार मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिनुका साथै ४ करोड ७ हजार ८ सय ८ रुपैयाँ जरिवानाबापतको रकम असुलउपर भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।

























