टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार १७:०७

जनकपुर । सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ का २० वर्षीय राजु यादव उर्फ क्रिमिनल छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालका अनुसार यादवले समाजमा हिंसा फैलाउन उक्साउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच पुर्‍याउने खालका भिडियो बनाएर टिकटकमा अपलोड गर्ने गरेका थिए ।

प्रहरीले उनलाई असोज २७ गते जनकपुर उपमहानगरपालिका–९ बाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा यादवले आपत्तिजनक शब्द प्रयोग गर्ने र धाकधम्की दिने गरेको खुलेको डीएसपी खनालले बताए ।

धनुषा प्रहरीले यसअघि पनि सामाजिक सञ्जालको दुरुपयोग गरी यस्ता गतिविधि गरेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया
इलामको रोङ गाउँपालिकाका ५८ टोल विकास संस्थाको डिजिटल प्रोफाइल तयार
चियाबगान सञ्चालकविरुद्ध उजुरी दिने माई नगरपालिकाको तयारी
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
नेपालबाट बाहिरियो यस वर्षको मनसुन, सरदरभन्दा १२ दिन ढिलो
राष्ट्रिय खेलकुदका लागि इलामबाट ६ साइकलिङ खेलाडी छनोट
नेप्से २१ अंकले बढ्यो, कारोबार ४ अर्बमाथि
मनमोहन पोलिटेक्निकका विद्यार्थीले प्रदर्शन गरे प्रविधिमा आधारित परियोजना
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
विपद्पछिको पुनर्निर्माणमा ५ खर्ब ५९ अर्बको योजना
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि भेटियो
महानवमीमा विराटनगरदेखि रंगेलीसम्म १०औँ निशान ध्वजा पैदल यात्रा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×