घट्यो सुनचाँदीको मूल्य

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार १०:५१
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्य घटेको छ ।

बुधबार प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ हजार १०० रुपैयाँले घटेर दुई लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ४७ हजार २५५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको मूल्य तीन हजार ४५९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×