
जनकपुरधाम । सिरहामा चोरीका तीनवटा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका-९ गुलरियाका २५ वर्षीय रिशी कुमार यादव छन्।
जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सिरहा नगरपालिका-७ बाट यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद मोटरसाइकलमा स ८ प ७०६३ नम्बरको कालो पल्सर १५० सीसी, स ४ प १७ नम्बरको रातो युनिकर्न र नम्बर परिवर्तन गरिएको स ११ प ०६११ नम्बरको मोटरसाइकल छन् ।
पक्राउ परेका यादव र बरामद मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















