नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी पक्राउ

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १७:३७

काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ ।

सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदी समाचार कक्षमा कार्यरत रहेकै बेला सादा पोशाकमा आएका तीन प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

प्रहरीको भ्यानमा आएका उनीहरूले गेटमा रहेका सुरक्षागार्डलाई साथी भेट्न आएको बताएका थिए । त्यसपछि समाचार कक्षमा प्रवेश गरी समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै सुवेदीलाई आफूसँग जान आग्रह गरेका थिए ।

समाचार कक्षमा रहेका पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएका थिएनन् । आफूहरू अपराध अनुसन्धानबाट आएको र ‘आईजी साब’को आदेश रहेको मात्र बताएका थिए ।

सुवेदीले छलफलका लागि जानुपर्ने भए आफ्नै मोटरसाइकलमा जाने बताए पनि प्रहरीले अनुमति नदिई उनलाई प्रहरीको गाडीमा राखेर लगेका थिए । नेपाल प्रेसले सुवेदीसँग सम्पर्क गर्न खोज्दा उनको फोन नउठेको उल्लेख गरेको छ । प्रहरीले पनि पक्राउबारे आधिकारिक जानकारी दिएको छैन ।

प्रहरी स्रोतका अनुसार साइबर ब्युरोको आग्रहमा अपराध महाशाखाले सुवेदीलाई नियन्त्रणमा लिएको हो। नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्ने क्रममा उनलाई पक्राउ गरिएको स्रोतको दाबी छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.