भोटेकोशी बाढीपीडितका लागि फुङलिङ नगरपालिकाद्वारा ३४ लाख बढी सहयोग

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १८:४३
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति

ताप्लेजुङ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

नगरपालिकाले ३४ लाख ११ हजार ६ सय ६० रुपैयाँ ८७ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक र विद्यालय कर्मचारीबाट संकलन गरिएको हो ।

संकलित रकममध्ये जनप्रतिनिधिका तर्फबाट १ लाख ७३ हजार ४ सय ९० रुपैयाँ, कर्मचारीका तर्फबाट ८ लाख १९ हजार ६ सय ५० रुपैयाँ तथा शिक्षक र विद्यालय कर्मचारीका तर्फबाट २४ लाख १८ हजार ५ सय २० रुपैयाँ ८७ पैसा रहेको छ ।

बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नगरपालिकाले विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी राहत कोषमा जम्मा गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप, तत्काल रिहा गर्न निर्देशन
सरुवा भएका कर्मचारी पुरानै पालिकामा बसेपछि तीन पालिकाको खाता रोक्का
सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा खतिवडा निर्वाचित, अन्य पदमा सर्वसम्मत
भोटेकोशी बाढीबाट घरजग्गा, बाली र पशुपन्छीमा ७९ अर्बको क्षति
भोटेकोशी बाढीपीडितका लागि फुङलिङ नगरपालिकाद्वारा ३४ लाख बढी सहयोग
नेपाल–भारत सीमा सुरक्षा सहकार्य बढाउने सहमति
नावा खोलामा बस फस्यो, सडक ठप्प
ब्राजिलको निर्वाचन लज्जास्पद: ट्रम्प
नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी पक्राउ
कात्तिक २५ गते कोशीमा भाषा दिवस मनाइने, सरकारी कार्यालयमा दीपावली गरिने
१२० फर्म र कम्पनी कालोसूचीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.