संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङको निधन

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १२:०३

काठमाडौं । संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङको निधन भएको छ। नुवाकोटस्थित स्टार अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो।

तामाङ २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएका थिए।

उनले संविधान निर्माण प्रक्रियामा संविधानसभा सदस्यका रूपमा भूमिका निर्वाह गरेका थिए। उनको निधनप्रति विभिन्न राजनीतिक दल तथा नेताहरूले दुःख व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.