संविधान संशोधन र राजसंस्थासहित जय नेपाल पार्टीका आठ बुँदे माग

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १८:०३
संविधान संशोधनदेखि संवैधानिक राजसंस्थासम्मका मागसहित जय नेपाल पार्टीले बुझायो आठ बुँदे माग

काठमाडौं । संविधान संशोधन, संवैधानिक राजसंस्था पुनः स्थापना र महँगी नियन्त्रणसहितका आठ बुँदे माग अघि सार्दै जय नेपाल पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई माग सम्बोधन गर्न आग्रह गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष डा. धवलशम्शेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सुशासन, समृद्धि र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा अपेक्षित आधार निर्माण गर्न नसकेको आरोप लगाएका छन् ।

पार्टीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा, सुरक्षाकर्मीसहितका नागरिकलाई न्याय दिन र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार असफल भएको जनाएको छ । त्यस्तै, भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्राप्त राहत सामग्री तथा प्रधानमन्त्री विपद् राहत कोषमा संकलित रकमको आम्दानी–खर्च विवरण सार्वजनिक गर्न र पुनः स्थापना तथा पुनर्निर्माणको प्रगति जानकारी गराउन माग गरेको छ ।

बजार भाउ दोब्बर–तेब्बर वृद्धि भएको, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता नभएको तथा सञ्चारकर्मीलगायत नागरिकलाई विना पुर्जी पक्राउ गर्ने क्रम बढेको भन्दै पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । लोकतान्त्रिक शासन प्रणाली, धर्मनिरपेक्षता र संघीयताका कमजोरीको समीक्षा गर्दै संविधान संशोधनको स्पष्ट खाका सार्वजनिक गर्नुपर्ने उसको माग छ ।

पार्टीले सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन, संवैधानिक राजसंस्थासहित हिन्दु, बौद्ध र किरातलगायतको सनातन हिन्दु अधिराज्य स्थापना तथा धर्मान्तरण र गाईको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने माग अघि सारेको छ ।

त्यस्तै, महँगी नियन्त्रण, युवा तथा महिलामैत्री आर्थिक विकास, सहकारी र लघुवित्तपीडितलाई न्याय, अधिकारसम्पन्न स्थानीय निकाय तथा प्रदेश संरचनाबारे जनमत संग्रह र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

सरकारले माग सम्बोधन नगरे चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिँदै पार्टीले देश तथा विदेशमा रहेका नेपालीलाई संस्थागत सुधारको अभियानमा सहभागी हुन आह्वानसमेत गरेको छ ।

जय नेपाल पार्टीका आठ बुँदे माग 

१. सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन।

२. बढ्दो महँगी र बजार भाउ नियन्त्रण।

३. संवैधानिक राजसंस्था तथा हिन्दु, बौद्ध, किरातसहितको सनातन हिन्दु अधिराज्य स्थापना।

४. धर्मान्तरण, गो रक्षा र गाईको मासु बिक्रीमा प्रतिबन्ध।

५. युवा तथा महिलामैत्री आर्थिक विकास र प्रविधिमा आधारित समुन्नत नेपाल निर्माण।

६. सहकारी तथा लघुवित्तपीडितलाई न्याय।

७. अधिकारसम्पन्न स्थानीय निकाय तथा प्रदेश संरचनाबारे जनमत संग्रह।

८. ‘एक पटकको नेपाली, सधैँका लागि नेपाली’ अवधारणासहित मताधिकारको सुनिश्चितता।

तपाइको प्रतिक्रिया
स्वीमिङ च्याम्पियनसिपमा एभरेस्ट स्कुलका विद्यार्थीले जिते ६ पदक
डा. केसीका माग सम्बोधन गर्न सरकारको अनौपचारिक पहल, औपचारिक वार्ता अझै अन्योलमा
संविधान संशोधनदेखि संवैधानिक राजसंस्थासम्मका मागसहित जय नेपाल पार्टीले बुझायो आठ बुँदे माग
संविधान संशोधन र राजसंस्थासहित जय नेपाल पार्टीका आठ बुँदे माग
कारागारबाट भागेका कैदीमध्ये दुई जना पक्राउ
पथरीशनिश्चरेमा ब्राउन सुगरसहित स्कुटर चालक पक्राउ
लेटाङमा हार्डवेयर पसलमा काम गर्ने युवक चक्कु प्रहारबाट घाइते
विराटनगरमा सुनचाँदी पसलको झ्याल फुटाएर चोरी
पूर्वप्रधानमन्त्री र मन्त्री मुछिएको जग्गा प्रकरण : जनही ७३ करोड ४९ लाख बिगो दाबी
प्रेस काउन्सिल र नागरिक उड्डयनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिने
ज्येष्ठ नागरिकको सुविधा पाएपछि कात्तिक २६ मा छुट्दै रायमाझी
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.