एनपीएलमा आज विश्राम, भोलि दुई खेल

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १०:०३
फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बुधबार कुनै पनि खेल हुने छैनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म ३ खेलमध्ये दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी ५ अंकसहित शिर्ष स्थानमा छ । लगातार ३ खेल नै हारेको पोखरा पुछारमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.