झापाको बिर्तामोडमा घर र गोदाममा आगलागी

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १३:०५

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको एक घर र गोदाममा बुधबार भीषण आगलागी भएको छ। आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी र स्थानीयवासी परिचालित भएका छन् ।

सिद्धार्थ होटल र धौलागिरी पारिजात बचत तथा ऋण सहकारी संस्थानजिकै भएको आगलागीको कारण खुल्न सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट थप क्षति हुन नदिन गोदाममा रहेका सामान सुरक्षित स्थानमा सार्ने काम समेत भइरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.