तिहारका लागि सुनको असर्फी र चाँदीका सिक्का बिक्रीमा

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार ०७:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज (बिहीबार)देखि सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । दुई दिनसम्म चल्ने बिक्री बबरमहलस्थित टक्सार महाशाखाबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का खरिद गर्न सकिनेछ । यसपटक ३५ किलो सुन खरिद गरी असर्फी उत्पादन गरिएको छ । गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरिएको थियो ।

एक जनाले २.५ ग्रामको एउटा सुनको असर्फी र १० ग्रामका बढीमा तीनवटा चाँदीका सिक्का किन्न पाउनेछन् । चाँदीका सिक्कामा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित छन् ।

सिक्काको मूल्य बिक्री हुने दिनको सुनचाँदीको बजार मूल्य र उत्पादन लागतका आधारमा निर्धारण हुनेछ । त्यसैले बजार मूल्यभन्दा केही बढी रकम तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था मिलाइएको छ ।

तपाइको प्रतिक्रिया
काठमाडौं गोर्खाजको विराटनगरमाथि ९ विकेटको जित
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.