दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार ०८:५३

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका-१ स्थित सौडानी खोलामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहार रहेका छन् ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.