आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको कांग्रेस नेता शिवकोटीको दाबी

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार ०९:४८

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले आफूलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको दाबी गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारले आफूलाई खोजिरहेको बताएका हुन् ।

शिवाकोटीले सरकारको धम्की र भ्रमबाट आफू विचलित नहुने उल्लेख गर्दै काठमाडौं आउँदै गरेको बताएका छन् ।

‘सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ । प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर, आफूलाई पक्राउ गर्न खोजिएको विषयमा सरकारले किन यस्तो कदम चाल्न खोजेको हो भन्नेबारे उनले थप विवरण खुलाएका छैनन् । प्रहरीले आफूलाई खोजिरहेको दाबीबारे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

नेपाली कांग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्न खोजेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला सहमहामन्त्री शिवाकोटीको यस्तो प्रतिक्रिया आएको हो । पछिल्लो घटनाक्रमले सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको तनाव थप चर्चामा आएको छ ।

तपाइको प्रतिक्रिया
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.