आईजीपी हटाउने निर्णयमाथि प्रश्न : ‘सरकार कसको निर्देशनमा चलिरहेको छ ?’

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १०:४६

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै पदबाट हटाइएको विषयमा सरकारसँग जवाफ मागेका छन् । उनले देशका नागरिक विभिन्न समस्याबाट गुज्रिरहेका बेला सरकारको प्राथमिकता प्रहरी प्रमुख परिवर्तनमा केन्द्रित भएको भन्दै निर्णयको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आङदेम्बेले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी हुँदाहुँदै हटाउनुपर्ने बाध्यता के थियो भन्ने प्रश्न गरेका छन् । ‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ?’ उनले प्रश्न गरेका छन् ।

उनले भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको पीडा, विस्थापित सुकुम्बासीको अवस्था र बढ्दो महँगीलाई सरकारका सामुन्ने रहेका प्रमुख चुनौतीका रूपमा उल्लेख गरेका छन् । देश गम्भीर संकटतर्फ जाँदै गर्दा सरकारले प्रहरी प्रमुख हटाउने विषयलाई प्राथमिकता दिएको उनको आरोप छ ।

आङदेम्बेले आईजीपी हटाउनुको आधार र प्रमाण सार्वजनिक गर्न पनि सरकारसँग माग गरेका छन् । सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताएको तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताले भने पार्टीको निर्देशन नभएको बताएको उल्लेख गर्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन् ।

उनले अनुसन्धानका लागि प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन् । अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो र त्यसमा रहेको के मेटाउन खोजिएको थियो भन्ने प्रश्न गर्दै उनले घटनाबारे स्पष्ट पार्नुपर्ने बताएका छन् ।

जनताले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र जीवनस्तर सुधार्ने अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको उल्लेख गर्दै आङदेम्बेले सत्ता र शक्तिको दुरुपयोग गर्न वा प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्न जनमत प्राप्त नभएको टिप्पणी गरेका छन् ।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ । यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया
८५७ कर्मचारीको सरुवा बदर, अब नयाँ मापदण्डबाट मात्रै पदस्थापन
स्वास्थ्य सेवाको प्रभावकारिता जाँच्न प्रदेशसभाको पहल
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै क्रिस्टियानो रोनाल्डो
आईजीपी हटाउने निर्णयको औचित्य सरकारले पुष्टि गर्छ : रवि लामिछाने
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.